लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिँदै

लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज (शुक्रबार) पद तथा गोपनियताको सपथ लिदैछन् ।

बिहीबार लुम्बिनीमा नियुक्त मुख्यमन्त्री डिल्ली चौधरी र गण्डकीमा नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिन लागेका हुन ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री पाण्डेले दिउँसो साढे १२ बजे शपथ खाने कार्यक्रम छ। लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यस्तै गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। पाण्डेले बिहीबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गरेका थिए।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वानअनुसार पाण्डेले दाबी पेस गरेका थिए। उनलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यले समर्थन गरेका छन्।