रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वैशाख १० भएकाे उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्।

शुक्रबार बिहान सिंहदरबारमा आयोजित समारोहमा उनीहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। सभामुख घिमिरेले शपथ खुवाउनुको साथै सांसदको लोगो वितरण गरेका थिए।

लामिछाने चितवन-२ बाट निर्वाचित र स्वर्णिम तनहुँ १ बाट निर्वाचित भएका हुन्। बारा-२ बाट निर्वाचित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भने अहिले निर्वाचन क्षेत्रमै रहेकाले शपथ हुन सकेन।