गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिए शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई शपथ खुवाएका हुन् ।

गण्डकी प्रदेशमा सुरेन्द्रराज पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कांग्रेस संसदीय दल नेता रहेका पाण्डे संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।