केहि नबुझ्ने अज्ञानी र मुर्खले राजतन्त्र मान्छन् : अध्यक्ष ओली

केहि नबुझ्ने अज्ञानी र मुर्खले राजतन्त्र मान्छन् : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘राजतन्त्र कि फटाहले मान्छ, कि स्वार्थी र मुर्खले मान्ने बताएका छन्।

आइतबार पार्टी कार्यालय च्यासलमा अखिल नेपाल किसान महासंघको स्थापना दिवसको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्ने बताएका हुन् ।

उनले भने, ‘राजतन्त्र दुईथरिले मान्छन्, कि फटाहाले मान्छ, कि मूर्खले। कोही-कोही अज्ञानीले मान्छन् तीनथरी भनौं न। अर्कोथरी स्वार्थ साधनाले मान्छन्। बुद्धि नभएकाहरुले मान्छन्।’

उनले बिकाउ मालहरु र स्वार्थी तत्वले राजतन्त्र मान्ने पनि बताए। एक दिन, हप्ता र दश दिनका लागि कसैलाई किन्न सकिन्छ र त्यस्ता मान्छेले, त्यस्ता तत्वले राजतन्त्र मान्ने उनले बताएका छन्।