एसीसी प्रिमियर कप : नेपालले लियो युएईको दोस्रो विकेट

एसीसी प्रिमियर कप : नेपालले लियो युएईको दोस्रो विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसीसी प्रिमियर कपको फाइनल युएईविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको नेपालले २८ रनको अवस्थामा दोस्रो सफलता हात पारेको छ।

नेपालले युएईको दोस्रो विकेट लिएको छ। करण केसीले युएईका वृत्य अरिवन्दलाई विकेटकिपर आसिफ शेखबाट ८ रनमा क्याच गराएका छन्। युएईले ४.५ ओभरमा २ विकेट गुमाउँदा २८ रन जोडेको छ।

त्यसअघि ३.१ ओभरमा युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका थिए।