सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति

सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सशस्त्र प्रहरीले कुल १६ हजार ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा, विशेष बढुवा, पदस्थापना, सरुवा, सरुवा समायोजन तथा नयाँ नियुक्ति गरिएको जनाएको छ ।

सोमबार सशस्त्र प्रहरीले पत्रकार सम्मेलनमार्फत सशस्त्र प्रहरी कर्मचारीहरुको समग्र वृत्ति विकासलाई ध्यानमा राखी कुल १६ हजार ४८ जना सशस्त्र प्रहरी कर्मचारीहरुको बढुवा, विशेष बढुवा, पदस्थापना, सरुवा, सरुवा समायोजन तथा नयाँ नियुक्ति गरिएको जनाएको हो ।

त्यस्तै सशस्त्र प्रहरी कर्मचारीहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश जारी गरिएको छ । सादा पोशाकमा सशस्त्र प्रहरी कर्मचारी परिचालन नगर्ने नीति अख्तियार गरिएकोसमेत सशस्त्रले जनाएको हो ।

त्यस्तै खेलकुदको माध्यमबाट राष्ट्रको मान प्रतिष्ठा र गौरब बढाउन विशेष योगदान पुर्याएका १६ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई एक तह विशेष बढुवा गरिएको उल्लेख छ ।

पुरस्कार तथा सम्मान कार्यविधि बनाई कार्यान्वयन गरिएको छ । सुरक्षा बेस बदली निर्देशिका परिमार्जन गरिएको छ र हरेक ६–६ महिनामा बेस बदली गर्ने गरिएको छ । फौजी संरचना अनुसारको चेन अफ कमाण्ड बढी मजबुत बनाउन ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्महरुमा सप्रनाउ (डीएसपी) खटाइसकिएको छ ।

विदेश तालिम नीति तर्जुमा गरी नियमसंगत रुपमा क्राईटेरिया भित्र पर्ने कर्मचारीलाई विदेश तालिममा पठाउने व्यवस्था मिलाइएको छ ।