अख्तियारले एआईजी श्यामलाल ज्ञवाली विरुद्धको उजुरी तामेलिमा राख्यो

अख्तियारले एआईजी श्यामलाल ज्ञवाली विरुद्धको उजुरी तामेलिमा राख्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीको उजुरी तामेलिमा राखिएको छ । हाल नेपाल प्रहरीको मेट्रो प्रमुख रहेका ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जन्ममिति फरक पारी सरकारी निकायलाई झुक्याएर जागिर खाएको भन्दै उजुरी परेको थियो ।

ज्ञवाली प्रहरी महानिरीक्षकको दौडमा रहेका वेला उनिविरुद्ध नागरिकताको जन्ममिति फरक रहेको भन्दै प्रचारवाजी भएको थियो । ज्ञवालीलाई विवादमा तानेपछि सरकारले वसन्त कुवरलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो ।

तर, अहिले अख्तियारले प्रहरी मुख्यालयलाई वैशाख १५ मा पठाएको पत्रमा प्रारम्भिक छानबिन सम्पन्न भई आयोगको बैशाख १४ मा भएको निर्णयअनुसार उजुरी तामेलीमा राखिएको पत्र पठाएको छ ।