प्रचण्डले सत्ताको घमण्ड देखाएको माधव नेपालको गुनासो, एकलौटी सरकार चलाए गठबन्धन धरापमा पर्ने चेतावनी

प्रचण्डले सत्ताको घमण्ड देखाएको माधव नेपालको गुनासो, एकलौटी सरकार चलाए गठबन्धन धरापमा पर्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।

बुधबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादीले आफूहरुलाई बाइपास गर्न खोजे गठबन्धन धरापमा पर्ने बताएका हुन् । अध्यक्ष नेपालले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै एकीकृत समाजवादीर्लाई बेवास्ता गरेर एकलौटी रुपमा सरकार चलाउने व्यवहार आफूहरुलाई स्वीकार्य नभएको बताए ।

आफूहरुसँग गठबन्धन टिकाउने क्षमता, खुबी र हिस्सेदारी रहेको बताउँदै अध्यक्ष नेपालले आफूहरुलाई पीडा दिने खालको व्यवहार देखिसकेकाले मर्माहत भएको गुनासो गरे । ‘बजेट बाँडफाँट गर्ने अनि यो पार्टीको कुनै अस्तित्वै छैन भन्ठान्ने१ खासगरी माओवादी पार्टीको व्यवहारबाट हाम्रा साथीहरू धेरै दुःखित छन्। दम्भ र घमण्डले रावण जन्मायो। प्रधानमन्त्री प्रचण्ड र नेकपा माओवादीका नेताहरुले दम्भ र घमण्ड गर्न सुहाउँदैन। सबैलाई समानताको व्यवहार गरेर अगाडि बढ्नुपर्छ।’, माधव नेपालले भने ।

उनका अनुसार खासगरी कर्णालीमा माओवादीले एकीकृत समाजवादीलाई पूरै बेवास्ता गरेको छ । कर्णालीमा माओवादीको दम्भ र घमण्ड देखिएको भन्दै उनले एकीकृत समाजवादीलाई बाइपास गर्ने र दम्भ र घमण्ड देखाए गठबन्धन धरापमा पर्ने चेतावनी दिए ।