नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदा र शक्तिको भएपनि नछु्टुन् : गगन थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै ओहदा र शक्तिको भएपनि नछु्टुन् : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका छन्।

बिहीबार थापाले ट्विट गर्दैँ नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका हुन् । थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन,’ थापाले ट्विटरमा लेखेका छन्,’संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगिगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले नेपाल सरकारका सचिवलगायत केहीलाई पक्राउ गरिसकेको छ भने केहीलाई पक्राउ गर्ने तयारीमा गरिरहेको छ।