पुलबाट बस खस्दा १५ जनाको मृत्यु,२५ घाइते

पुलबाट बस खस्दा १५ जनाको मृत्यु,२५ घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खरगोन – मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो ।

खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन्-“खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ।”

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । घटना बारे अनुसन्धान जारी छ ।- एएनआई