माओवादीसँगको एकतापछि संगठनात्मक अराजकता बढेर गयो : शंकर पोख्रेल

माओवादीसँगको एकतापछि संगठनात्मक अराजकता बढेर गयो : शंकर पोख्रेल

भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुदैनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ । भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना नहुने बताएका हुन् ।

‘मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन। यो निरन्तर गतिशील प्रवाहमा अघि बढ्ने गर्छ,’ उनले भनेका छन्, ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरूप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो।’

‘मिसन ग्रासरूट’ले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको उनको दाबी छ। नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल नहुने उनको तर्क छ। उनले  एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबीसमेत गरेका छन् ।