भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : स्वर्णिम वाग्ले

अहिलेनै अपराधी करार गर्ने होइन

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् । अपराध करार गर्नेभन्दा पनि ती पात्रहरूलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाई थियो ।

सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अव नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दूतावासको चासो रहनु स्वाभाविकै हुने पनि बताए ।

सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताए। सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए ।

‘अब त्यो अनुसन्धान र्‍यापअप हुन ७/८ दिन बाँकी छ। अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषय चाँही यो नाम आएकाहरू, पोलिएकाहरुलाई कम्तिमा सोधखोजका लागि चाँही ल्याउनुपर्‍यो,’ वाग्लेले भने, ‘अहिलेनै अपराधी करार गर्ने होइन। तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरु लिएर आउनुपर्छ। हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ।’