नक्कली भुटानी शरणार्थी प्रकरण : एमालेले माग्यो सरकारको प्रगति विवरण

नक्कली भुटानी शरणार्थी प्रकरण : एमालेले माग्यो सरकारको प्रगति विवरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालले सरकारसँग नक्कली भुटानी शरणार्थी प्रकरणबारे विवरण माग गरेको छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ​​​​​​​सांसद् ठाकुर गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन किन ढिलाइ गरेको भनी प्रश्न गरे ।

प्रतिनिधि सभामा बोल्दै सांसद् गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिलेसम्म गरेका प्रगति विवरणबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन्। गैरेले भने, ‘यो जघन्य अपराधको विषय हो। सार्वभौम संसदमा जानकारी गराउने कार्यसूची किन राखिएन? संसद् चलिरहेको छ। दोषीलाई कारबाही गर्न माग गर्छौं।’