काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई अग्रगमनका संवाहक र लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको बताएका छन् ।
सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले लोकतन्त्रको पर्याय ठान्ने केही राजनीतिक दलका कारण देश संकटको भुमरीमा फसिरहेको बताएका हुन् ।
अकर्मण्य नेतृत्व, गलत नीति अदूरदर्शिता र सत्ता लिप्साको प्रतिफल नेपालको राष्ट्रियता, राष्ट्रिय एकता अखण्डता, सार्वभौमिकता संकटग्रस्त बनेको उनले बताए। देशमा वाह्य चलखेल तिब्र रुपमा बढेको, भ्रष्टाचारको चंगुलमा देश फसेको, लोकतन्त्रको आवरणमा नव सामन्तवाद र सर्वसत्तावाद हावी भएको पनि उनले बताए।
त्यस्तै अध्यक्ष लिङदेनले यस पटक देशभित्रकै दलले सरकार निर्माण गर्न सक्छन् भन्ने प्रमाणित गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशीको इसारामा चल्दा सरकार छोडेर प्रतिपक्षमा बस्नुपरेको समेत बताए। उनले मुलुकका तीन प्रमुख अंगहरूकाबीच रहनुपर्ने शक्ति नियन्त्रण र सन्तुलनको व्यवस्था ध्वस्त भएको जिकिर गरे।




प्रतिक्रिया