सत्तारुढ १० दलको बैठक सकियो,के भयो छलफल ?

सत्तारुढ १० दलको बैठक सकियो,के भयो छलफल ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार समर्थित १० दलको बैठक सकिएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा छलफल भएको छ।

उक्त बैठकमा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विषयबारे सत्ता साझेदार दलहरूसँग छलफल गरेका हुन्। बैठकमा सत्ता साझेदार दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए।

सत्तारुढ १० दलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टी, राष्ट्रिय जनमोचा, आम जनता पार्टी रहेका छन्।