भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीबाट दह्रो साथ पाएको छु : गृहमन्त्री श्रेष्ठ

भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीबाट दह्रो साथ पाएको छु : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारीलाई सरकारले छाड्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने बताइका छन् ।

बिहीबार बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने बताएका हुन् ।

‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन’, उनले भने ।

देशको समृद्धि नहुनुको पछाडि भ्रष्टाचार नै प्रमुख समस्या भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘अहिले पनि हर ठाउँमा कमिसनको चक्कर छ । ठुला योजनाहरू अध्ययन बिना कमिसनको चक्करमा ल्याउने काम समेत भएका छन् । यसको जरोकिलो उखेल्नुपर्छ, यो अभियानमा सरकार प्रतिबद्ध भएर लागेको छ ।’ उनले भने

‘यसमा प्रधानमन्त्रीको दह्रो साथ रहेको छ । देशका प्रमुख दलका नेताहरु पूर्वप्रम शेरबहादुर देउवा र केपी ओलीहरुसँगको भेटमा पनि म कसैको दबाबमा पर्दिनँ भनेको छु’, उनले भने, ‘सरकारले कसैलाई छाड्दैन । प्रहरीले निष्पक्ष छानबिन गर्छ । मैले निर्भीकताका साथ काम गर्न भनेको छु ।’ सो क्रममा प्रवास समन्वय समितिका टोलीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्रीले चालेको कदमप्रति धन्यवाद दिँदै ऐक्यबद्धता जनाएको समितिका अध्यक्ष ओम शर्माले जानकारी दिए ।