काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफू सकारात्मक भएपनि यो प्राविधिक पक्ष रहेको बताएका छन् ।
बिहीबार संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतले प्रतिवेदन सार्वजनिक नगर्नू भन्ने फैसला दिएका कारण अफ्ठेरोमा परेको बताए।
प्रचण्डले भने,‘लाल आयोग गठन भएको कुरा साँचो हो । आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भन्ने भित्र पर्छु म । सर्वोच्च अदालतले प्रतिवेदन सार्वजनिक नगर्नु भन्ने फैसला दिएकाले अफ्ठेरो भएको हो । पुनरावलोकन गरेर भएपनि प्रतिवेदन सार्वजनिक हुनुपर्छ । प्राविधिक कारणले सार्वजनिक नभएको हो । ’




प्रतिक्रिया