नागरिकता विधेयकक एक महिनाभित्र टुंग्गिन्छ : प्रधानमन्त्री  दाहाल 

नागरिकता विधेयकक एक महिनाभित्र टुंग्गिन्छ : प्रधानमन्त्री  दाहाल 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकलाई एक महिनाभित्र टुंगोमा पुर्‍याउने बताएका छन् ।

बिहीबार संसदमा प्रश्नोत्तरका क्रममा लोसपाका सांसद दीपक कार्कीले नागरिकता विधेयक के हन्छ भनेर सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकलाई अघि बढाउने तयारी सरकारले गरिरहेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको नागरिकता विधेयक अघि बढाउने कि, नयाँ सदनबाटै त्यसको विषयमा संकल्प प्रस्तावमार्फत राष्ट्रपतिलाई अनुरोध गर्ने वा मन्त्रिपरिषद् बैठकमार्फत राष्ट्रपतिलाई अनुरोध गरेर गर्ने भन्ने विषयमा एक महिना भित्र टुंगो लगाउने प्रतिबद्धता जनाए ।