कालापानीमा बङ्कर बनाउदैँ भारतीय सेना, स्थानीय आन्दोलित

कालापानीमा बङ्कर बनाउदैँ भारतीय सेना, स्थानीय आन्दोलित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालको कालापानी क्षेत्र अन्तर्गत गुन्जी गाउँमा स्थानीयवासी र भारतीय सेनाबीच विवाद बढेको छ । नेपाली प्रशासनको सहमतिबिनै भारतीय सेनाका ठेकेदारले गुन्जी गाउँ क्षेत्रका रुख काटेकाले वन विभागलाई जानकारी गराउने तयारी स्थानीयहरुले गरेका छन् ।

भारतले कब्जा गरेको जग्गा नेपालले २०७७ सालमा आफ्नो नयाँ नक्सामा समेटेको विवादित लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको तीन प्रमुख गाउँहरुमध्ये गुन्जी गाउँ एक हो । त्यस क्षेत्रमा नेपालले दाबी गरेका कुटी, गुञ्जी र नाभी तीन गाउँ छन् । जहाँ नेपालले २०७८ सालको जनगणनासमेत गरेको थियो ।

झण्डै ६० वर्षदेखि भारतले कब्जा जमाउँदै आएका कारण त्यस क्षेत्रका बासिन्दाहरु अहिले भारतीय सेनासँग क्रोधित बनेका हुन् । नेपालको भूमि कालापानी, टिङ्करमा क्याम्प खडा गरी बसेको भारतीय स्थल सेनाले गुन्जी गाउँनजिकै रहेको स्थानीय वन मासेर सेनाको बन्कर बनाउन जेसिभी प्रयोग गरी अहिले खनिरहेका छन् ।

भारतको राष्ट्रिय राजमार्ग गुन्जीस्थित कालापानीभन्दा माथि लैजान नदिने स्थानीयबासीले बताएका छन् । गुन्जीगाउँको मनिलामा ४० वटा घर(पसल रहेका छन् । उनीहरुलाई पनि भारत सरकारले त्यहाँबाट उठ्न उर्दी जारी गरिसकेको छ ।