संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन

संसद् भवन जाँदा तामझाम नगर्न राष्ट्रपति पौडेलको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । संघीय संसदका दुवै सदनलाई संबोधन गर्न जाने क्रममा नागरिकलाई सास्ती हुनेगरी ‘तामझाम’को तयारी नगर्न राष्ट्रपति पौडेलले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिइएकाे छ ।

उनले विगतमा अन्य समयमा जस्तै सामान्य रुपमा संसद् गएर फर्कने भएकाले सडक अवरोध हुने र नागरिकले सास्ति पाउनेगरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।