काठमाण्डु – सरकारले गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यलाई २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रवार प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यलाई २ वर्षभित्र सम्पन्न गर्ने बताएका हुन् ।
पौडेलले ढुंगाजन्य वस्तु नियमनका लागि अत्यावश्यक कानुनी व्यवस्था गरिने बताए । सरकारले सहकारीहरुको नियमन गर्न सहकारी नीति परिमार्जन गरिने बताए ।
पौडेलले औद्योगिक क्षेत्रमा वैदेशिक लगानी बढाउन विदेशस्थित कुटनीतिक क्षेत्रबाट पहल थालिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । बन्द भएका हेटौंडा सिमेन्ट, गोरखकाली उद्योग सञ्चालनमा ल्याइने बताए ।




प्रतिक्रिया