काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जाेडिएकी नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् ।
उनी बिदेश गएको हल्ला चलेको थियो ।तर, आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनी सहभागी भएकी हुन् ।
भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका उनका पति बालकृष्ण खाँण पक्राउ परेपछि उनी संसद बैठक आउन छाडेकी थिइन् ।




प्रतिक्रिया