मधेश सरकारमा लोसपा पनि सहभागी


काठमाण्डु- मधेश प्रदेश सरकारमा एक मन्त्रालयसहित लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सहभागी भएको छ ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–२ (ख)बाट निर्वाचित लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री बनेका छन् । उनलाई मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनका अनुसार साँझ ५ बजे नवनियुक्त मन्त्री कुर्मीले शपथ लिने छन् । यसअघि सरकार बाहिर रहेका सत्ता गठबन्धन घटक कांग्रेस २ र एकीकृत समाजवादी १ मन्त्रालयसहित मंगलबार मधेश सरकारमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement