काठमाण्डु – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो ।
सुदूरपश्चिमका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११ तथा सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए ।
बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान १/१ विकेट लिए ।
हालसम्म ५ खेल खेलेको सुदूरपश्चिमले ३ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ । ६ अंक जोडेको सुदूरपश्चिम अंक तालिकाको तेस्रो स्थानमा छ ।
जनकपुरले पनि हालसम्म ५ खेल खेलेको छ । उसले २ खेलमा जीत र ३ खेलमा हार व्यहोरेको छ । ४ अंकसहित जनकपुर पाँचौँ स्थानमा छ ।


प्रतिक्रिया