रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई

रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन् ।

पुर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।

‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’