काठमाण्डु – आज संघीय संसद्को संयुक्त बैठक बस्दैछ । आइतबार संघीय संसद् अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो ।
संघीय संसद् सचिवालयका अनुसार संसद् भवन (नयाँ बानेश्वर) मा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।
आजको बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।





प्रतिक्रिया