मन्त्रिपरिषद्को निर्णय- रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्को निर्णय- रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

आइतबार बसेको मन्त्री परिषद् बैठकले रेशम चौधरीलगायत हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफरिस गर्ने निर्णय गरेको हो ।

सोमबार गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने तयारी सरकारले गरेको छ । यसअघि भने जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए । सात जना सुरक्षाकर्मी र एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष प्रस्ताव गरेको थियो ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति कार्यालयले गृहबाट प्राप्त निवेदनको फाइल अध्ययनपछि रायसहित फिर्ता पठाइएको जानकारी दिएका थिए । राष्ट्रपति कार्यालयले कानुनबमोजिम गर्नू भन्ने रायसमेत दिएको थियो ।