असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ : रेशम चौधरी

असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ : रेशम चौधरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू निर्दोष रहेको बताउँदै असली दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चौधरीले साेमबार डिल्लीबजार कारागारबाहिर सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू निर्दोष रहेको र दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले कसैले कसैलाई आरोप लगाएर नहुँने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखे। उनले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे। उनले टीकापुर काण्डमा जेलमा रहेका अन्य राजबन्दीलाई पनि छिट्टै रिहा गर्नेगरी प्रक्रिया चाल्ने बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद सजाय माफी गरेपछि उनी आज जेलबाट छुटेका हुन्।