जनता मालिक बन्ने सुन्दर शासन प्रणाली गणतन्त्र हो : अध्यक्ष ओली

जनता मालिक बन्ने सुन्दर शासन प्रणाली गणतन्त्र हो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र जनता स्वयम मालिक बन्ने सुन्दर शासन प्रणाली भएको बताएका छन् । यस सोमबार गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ अध्यक्ष ओलीले मुलुकको मालिक जनता बन्ने प्रणालीको विकल्प एक परिवार, एक वंशको हुकुमी शासन हुन सक्दैन भन्ने कुरामा सबै स्पष्ट हुनुपर्ने बताएका हुन् ।

‘अहिले लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरङ्कुशतन्त्रमार्फत राज्यस्रोतमाथि हालिमुहाली गुमेकाहरूबाट लोकतान्त्रिक व्यवस्थामा बेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो, भन्नेजस्ता मिथ्या प्रचार सुरु गरिएयो । २००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देखेका हामी नेपालीले मिथ्या प्रचारको तथ्यसङ्गत खण्डन गर्नुपर्छ’, उनले शुभकामनामार्फत भनेका छन् ।

अहिलेको आवश्यकता गणतन्त्र स्थापनापछिका त्रुटिहरूको प्रचार गर्ने नभई त्रुटीहरू सच्याउँदै यस प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नु रहेको उनले बताए । ‘ नयाँ प्रणालीको जग मजबुत नहुँदै जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक प्रणाली गलत भयो र अघिल्लो पुस्ताले भोगेको बंशीय एकाधिकारको राजतन्त्रात्मक प्रणाली ठीक थियो भन्ने मिथ्या प्रचारबाट कोही पनि प्रभावित हुनुहुन्न ।’, अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन् ।