पोखरामा पहिलो पटक नेपाल–चीन ड्रागन बोट फेस्टिभ आयोजना हुंदै

पोखरामा पहिलो पटक नेपाल–चीन ड्रागन बोट फेस्टिभ आयोजना हुंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  पोखरामा पहिलो पटक नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट फेस्टिभ आयोजना हुने भएको छ । महोत्सव असार ८ र ९ गते हुने जनाइएको छ ।

नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रम दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको हो । पर्यटन बोर्ड, पोखरा उपमहानगरपालिका र काठमाण्डुस्थित चिनियां दूतावासको आयोजनामा हुन लागेको कार्यक्रमले पोखराको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जीनले यो महोत्सव विश्वका ५० भन्दा मुलुकमा सम्पन्न भएको भन्दै यसबाट पर्यटन प्रर्वद्धन हुनुका साथै दुई मुलुक र जनस्तरमा रहेको सम्बन्ध सुमधुर हुने दावी गरे ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभले नेपालमा थप चिनियां पर्यटक भित्रयाउन सहज हुने विश्वास व्यक्त गरे । उनले यसलाई यो वर्ष मात्र नभई आगामी दिनमा समेत निरन्तरता दिने जानकारी दिए ।

पोखरामा आयोजना भएको यो महोत्सबले अन्तर्राष्ट्रिय उडानका लागि समेत सजिलो हुने सरोकारवालाहरुले अपेक्षा गरेका छन् । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बनेपनि अहिलेसम्म उडान भने हुन सकेको छैन ।