प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : विनियोजन विधेयकमाथिको छलफल जारी रहने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : विनियोजन विधेयकमाथिको छलफल जारी रहने


काठमाण्डु – प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने भएको छ।

बुधबर बिहान ११ बजे बस्ने बैठकमा विभिन्न ४ मन्त्रालयका बजेट शिर्षकमाथि छलफल हुने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ। आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुन लागेको हो।

मंगलबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल भएको थियो ।