काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार (आज) पहिलो स्थापना दिवस मनाउँदै छ। अघिल्लो असार ७ गते राष्ट्रियसभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरिएको थियो। असार ७ गते पार्टी घोषणा भएपनि निर्वाचन आयोगमा भने रास्वपा असार १७ गते दर्ता भएको हो।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि वालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रम आयोजना गरेको छ।
चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।




प्रतिक्रिया