वेष्ट इण्डिजको पहिलो विकेट लिए करण केसीले

वेष्ट इण्डिजको पहिलो विकेट लिए करण केसीले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजसँग खेलिरहेको छ । जिम्बाब्वेको हरारे स्पोर्टस क्लबमा भएको खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले दोस्रो ओभरमै पहिलो विकेट लिएको छ ।

नेपालका करण केसीले दोस्रो ओभरको तेस्रो बलमा वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् । यो समाचार तयार पार्दासम्म वेष्ट इण्डिजले ३ ओभर खेल्दै १ विकेटको क्षतिमा ५ रन जोडेको छ ।