काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघारारमा ल्याईछाड्ने बताउनुभएको छ ।
आज गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वाँस व्यक्त गर्नुभयो ।
उहाँले मृतक अन्सारीका परिवारका प्रति समवेदना प्रकट गर्दै घटनालगत्तै अन्सरीलाई सहिद घोषणा गरीसकेको र उहाँको परिवारलाई दिने भनिएको राहत रकम दुई/चार दिनमै परिवारका सदस्यले पाउने जानकारी दिनुभयो ।
भेटमा उहाँले भन्नुभयो,‘ यो घटनालाई मैले गम्भिर रुपमा लिएको छु, अपराधी जो सुकै भएपनि कारवाहीको दायरामा ल्याईछाड्छौं । ’
उहाँले नेपालमा रहेका मुस्लिम समुदायको सुरक्षालाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रष्ट पार्नुभयो ।
भेटमा सहभागी मृतक खुर्सिदका भाई जावेद आलम र काका जमिल आलमले घटना भएको एक हप्ता बित्दासमेत हत्यारा अझै पक्राउ नगरीएको भन्दै छिट्टै पक्राउ गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
उनिहरुले घटनापछि खुर्सिदलाई लाञ्छना लगाएर मिडियामा आएको समाचारले आफूहलाई झनै पिडा थपिएको बताए ।
उनिहरुले मृतक खुर्सिदलाई नियोजित रुपमा आरोप लगाईएको भन्दै लगाईएको आरोप तथा आरोप लगाउनेहरुबारे समेत छानविन गर्नुपर्ने गृहमन्त्रीसँग माग राखेका थिए ।




प्रतिक्रिया