काठमाडौं– प्रधानसेनापति पुर्णचन्द्र थापा र दक्षिण कोरीयाली राजदुत पार्क योङग सिकबीच भेटवार्ता भएको छ । प्रधानसेनापतिमा नियुक्त भएपछि थापालाई चीन र भारतका राजदुतले जंग्गी अड्डा पुगेरै भेटवार्ता गरेका थिए ।
थापालाई जंग्गी अड्डा पुगेर बुधबार राजदूत पार्कले भेटवार्ता गरेका हुन । सैनिक जनसम्र्पक निर्देशनालयले थापालाई राजदूत पार्कले बधाई दिएको जानकारी दिएको छ ।
प्रधानसेनापति थापा र दक्षिण कोरीयाल राजदूतबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए ।




प्रतिक्रिया