काठमाण्डु – प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वाबीच भेटवार्ता भएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा भएको भेटमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीको योगदानको प्रशंसा गरेका थिए ।
आइजीपी कुँवरले मानव अधिकार संरक्षण एवं प्रवद्र्धन गरी संयुक्त राष्ट्रसङ्घको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भएर पुर्याएकाे योगदानबारे चर्चा गरे ।
भेटमा उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसङ्घमा नेपाल प्रहरीको योगदान र आपसी हितलगायत विषयमा छलफल भएको थियो ।
त्यसअवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति थियो ।




प्रतिक्रिया