धनुषामा पेस्तोलसहित सातजना पक्राउ

धनुषामा पेस्तोलसहित सातजना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – धनुषाको विभिन्न ठाउंबाट हातहतियार सहित प्रहरीले सात जनालाई प्रक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले राजगीर तथा शत्रुघनको साथबाट १ नाल स्वचालित पेस्तोल तथा ६ राउण्ड गोली, आजाद र किशोरकुमारको साथबाट स्वचालित पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कमला नगरपालिका–६ बस्ने १८ वर्षीय राजगीरकुमार महतो तथा २५ वर्षीय शत्रुघन ठाकुर, बिदेह नगरपालिका–१ ठाडी बस्ने २२ वर्षीय नरेशकुमार ठाकुर, ३८ वर्षीय श्यामसुन्दर ठाकुर तथा १९ वर्षीय रबिन्द्र ठाकुर, मिथिला बिहारी नगरपालिका– ७ तारापट्टी सिर्सिया बस्ने २८ वर्षीय आजाद यादव र भारत बिहार मधुवनी जोकीथाना–२ बस्ने २७ वर्षीय किशोरकुमार शर्मा रहेका छन्।

अनुसन्धानको क्रममा मंगलबार प्रहरी नियन्त्रणमा रहेका नरेशकुमारलाई छुटाउन भन्दै आएका श्यामसुन्दर र रबिन्द्रलाई समेत प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुले दिएको सूचनाको आधारमा अन्य प्रक्राउ परेका हुन् ।