राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

राष्ट्रपति पौडेलद्वारा सीता दाहालको निधनमा दु:ख व्यक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् ।बुधबार राष्ट्रपति पौडेलले बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट गरेका छन् ।

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ रोगबाट लामो समयदेखि पिडित दाहालको बुधवार काठमाण्डौंको नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई विहान अस्पताल भर्ना गरिएको थियो । सीता दाहालको बिहान ८ बजे ६९ वर्षको उमेरमा निधन भएको हाे ।