परशुरामका मेयरलाई खबर पठाइदिनु: एम्बुलेन्स फोटो खिचाउन मात्रै हो, जनताको पीडा देख्दा मन रुदैँन ?

परशुरामका मेयरलाई खबर पठाइदिनु: एम्बुलेन्स फोटो खिचाउन मात्रै हो, जनताको पीडा देख्दा मन रुदैँन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टक खाती, काठमाण्डु- केही दिन अगाडी मात्रै डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका मेयर भरत बडायरले भनेका थिए , अब एम्बुलेन्स सेवा ठाउँ-ठाउँमा पुग्छ । असार १६ गते स्वास्थ्य कार्यालय डडेल्धुराले जोगबुढा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति डडेल्धुराका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले मेयर बडायरलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । त्यसको केही दिन पछि मेयर बडायरले एम्बुलेन्स सेवा ठाउँ-ठाउँमा पुग्ने आश्वासन दिएका हुन् ।

‘जनताको सेवा गर्नु मेरो पहिलो प्राथमिकता हो । त्यसको लागि म जे गर्न पनि तयार छु । हामीसँग ४ वटा एम्बुलेन्स छन् । जसमध्ये एउटा धुर्वे हात्ती छ । त्यसले खाने काम मात्रै गर्छ, खर्च मात्रै गर्छ । त्यसकारण धुर्वे हात्ती नाम गरेको एम्बुलेन्स फिर्ता गर्दैछौँ । राम्रा र नयाँ एम्बुलेन्स २ वटा मात्रै छन् । अरु पुराना मात्रै हुन् । त्यसैले फेरी एम्बुलेन्स ल्याउने तयारीमा छौँ । हामीले एम्बुलेन्स सेवा जोगबुढा अस्पतालमा मात्र नभएर एउटा साधनीमा, ६ र ७ वडाका वासिन्दाको लागि अनी एउटा कुर्मुल्यमा १० र ११ लागि । ३, ४ र ५ का लागि सेन्टर हेरेर राख्ने तयारी गरेका छौँ । हाम्रो उदेश्य भनेको सबै जनताले एम्बुलेन्स सेवा पाउँ भन्ने हो । यसका लागि हामी लागिपरेका छौँ ।’, असार १८ गते जोगबुढा अस्पतालद्धारा आयोजित कार्यक्रममा मेयर बडायरले  भनेका थिए ।

तर, परशुराम नगरपालिका ८ जमरानीकीे एक महिलाले भने एम्बुलेन्स त परै जाओस् स्टेचर सम्म पाइनन् । एम्बुलेन्स नपाएपछि जमरानीकी मिना लुहारले बाटोमै शिशुलाई जन्म दिएकी हुन्। प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर जोगबुढा अस्पताल लगिन लागिएको थियो। तर, अस्पताल नपुग्दै उनले मंगलबार बाटोमै शिशुलाई जन्माएको स्थानीय भुपेन्द्र धामीले बताए।

‘युवा वैज्ञानिक मेयर ज्यु। अस्ति तपाईंको पहलमा मात्रै आएको एम्बुलेन्स कहाँ छ ? सडक कहिले बन्छ ? सडक नै नबनाएर एम्बुलेन्स के का लागि ल्याउनुभएको हो ? एक जना कार्यकर्ता भर्तीका लागि ? या एम्बुलेन्स फोटो खिचाउनका लागि ल्याउनुभएकाे हाे ? जनताले यस्तो पीडा झेलिरहँदा तपाईँको मन रुदैँन ? यो खबर मेयर मेयर ज्युलाई पठाइदिनु ।’, धामीले भने ।

यस्तो समस्या हरेक वर्ष वर्षायाम लागू भएपछि परशुराम नगरपालिकाका अधिकांश बासिन्दाहरुले खेप्नु पर्दछ । यस वर्ष पनि परशुराम नगरपालिकाको अवस्था फेरिएको छैन । वर्षायाम सुरु भएसँगै यहाँका सडकहरु पहिरो र खोलानालाले भत्काएको छ । त्यसकारण परशुरामका कयौँ जनताहरुका लागि अस्पातल जानको लागि राम्रो बाटोसमेत छैन । बिरामी भएपछि अस्पताल हिडेर जानुपर्ने अवस्था छ । तर, स्थानीय सरकारले भने कुनै पहल चालेको छैन ।

काम भन्दा पनि फोटो खिचाउने मात्रै गर्छन मेयर बडायर

मेयर बडायर काम भन्दा पनि आफू भाइरल हुने कार्यमा लाग्ने गरेकाे भुपेन्द्र धामीले बताएका छन् । उनले मेयर बडायरले क्रमागत योजनामा गएर फोटो खिचाउने काम मात्र गर्ने गरेको दाबी गरेका हुन् । धामीका अनुसार काम भइरहेको ठाउँमा गएर मेयरले फोटो खिच्याएर फेसबुक र टिकटकमा पोष्ट गर्ने गर्दछन् ।

‘क्रमागत योजना अनुसार काम भइरहेको ठाउँमा गएर फोटो खिचाएर आफ्नो पहलमा भएको भन्दै जनतामा भ्रम सिर्जना गर्ने काम गरिहेका छन् । मेयरको बानी नै यस्तै रहेछ । अब राज्य सिस्टममा चल्छ नी । क्रमागत यो योजनाका लागि सरकारले बजेट बिनियोजन गर्छ । त्यो कुनै मेयरको पहलमा भएको होइन नी ।’, धामीले भने ।