राष्ट्रियसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्रियसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

शुुक्रबार बसेको राष्ट्रियसभाको बैठकले अर्थमन्त्री डा. प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।