राजदूत नियुक्त नगरेपछि परराष्ट्रसचिव असन्तुष्ट !

राजदूत नियुक्त नगरेपछि परराष्ट्रसचिव असन्तुष्ट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्रसचिव भरतराज पौड्यालले आफुलाई न्युयोर्कमा राजदूत नियुक्त नगरेपछि असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक पटक भेटेर आफुलाई न्युयोर्क पठाइदिन उनले आग्रह गरेको स्रोत बताउंछ । तर, उनको आग्रहलाई प्रधानमन्त्री दाहालले अस्वीकार गरेका हुन् । पौडयाल आगामी मंसिरमा अवकासमा जांदैछन् । पौड्यालपछि सेवा लम्शाललाई सचिव बनाउने तयारीमा सरकार छ ।

सरकारले न्युयोर्कमा परराष्ट्रमन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख लोकबहादुर थापालाई पठाउने निर्णय गरेको छ । थापा यसअघि बेल्जियमका लागि राजदूत थिए । न्युयोर्कमा यसअघि सहसचिव अमृत राई राजदूत थिए । राईको पालामा न्युयोर्कमा प्रभावकारी काम भएको चर्चा छ ।

थापाले पासपोर्ट विभागको डिजी हुंदा समेत निकै राम्रो काम गरेको ,बेल्जियममा समेत उनको काम प्रभावकारी भएको भन्दै सरकारले उनलाई न्युयोर्क पठाउने निर्णय गरेको हो । न्युयोर्कमा थापालाई पठाउने निर्णय भएपछि पौड्याल असन्तुष्ट बनेको स्रोत बताउंछ ।

तर, पौडयालले आफु सचिव भएको आधारमा न्युयोर्क जान पाउनुपर्ने अडान राखेका थिए । उनलाई प्रधानमन्त्री र परराष्ट्रमन्त्री एनपी साउंदले क्यानडाको राजदुतमा जान प्रस्ताव गरेपनि पौड्यालले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । सरकारले थापासहित ६ जनालाई राजदुत नियुक्त गर्ने निर्णय गरेपनि क्यानडा पौड्यालका लागि नै खाली राखेको छ ।

यसअघि परराष्ट्रसचिवलाई न्युयोर्क पठाउने चलन थियो । तर, पौड्याल सचिव हुंदा उनले सहकर्मीहरुमाथि पूर्वाग्रह सांधेको र कार्यसम्पादन समेत राम्रो नभएको भन्दै उनलाई न्युयोर्क नपठाउने निष्कर्शमा सरकार पुगेको हो । उनले चीन,भारत र न्युयोर्कमा समेत आफु निकटलाई पठाउन ७ महिनाभन्दा बढी समय नियोग उपप्रमुख नपठाएको भन्दै उनको आलोचना भएको थियो ।

पौड्यालले यसअघि एमाले र माओवादी केन्द्रको सरकार हुंदा समेत आफ्नो नाम न्युयोर्कको राजदूतमा राखेर प्रस्ताव मन्त्रिपरिषद पठाएका थिए । तर, त्यो बेला प्रधानमन्त्री दाहालले नै राजदूत नियुक्ती रोकेका थिए ।