काठमाण्डु- प्रतिनिधिसभा बैठक आज बस्ने भएकाे छ । आज दिउसाे १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेकाे हाे । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।
उनले सो प्रस्ताव माथीको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । यसैगरी, शिक्षा बिज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वबिद्यालय बिद्येयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया