काठमाण्डु- मिटरब्याज पीडितलाई न्याय दिन भन्दै कानुन बनाउन ल्याइने विधेयक आइतबार नै पास गर्ने तयारी गरिएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची राखिएको हो । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तयार गरेको जनाइएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि उक्त विधेयकमाथि दफावार छलफल पनि गरिने कार्यसूचीमा उल्लेख छ ।





प्रतिक्रिया