सञ्चार सचिवसहित १७ जनालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

सञ्चार सचिवसहित १७ जनालाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको छ।

ललिता निवासको सरकारी जग्गा कीर्ते गरी व्यक्तिको बनाएको अभियोगमा अदालतले आइतबार उनीहरुलाई म्याद थप गरेको हो। सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेसी चढिरहँदा उनीहरुलाई भने थप थुनामा राख्ने अनुमति दिएको छ । यो चौथो पटक म्याद थप भएको हो।