सुन बरामद प्रकरणः भन्सार विभागद्धारा छानबिन समिति गठन, अधिकृत चन्द निलम्बित

सुन बरामद प्रकरणः भन्सार विभागद्धारा छानबिन समिति गठन, अधिकृत चन्द निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भन्सार विभागले १०० किलो सुन बरामद प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएर बाहिरिएको ठूलो परिणामको सुन बाहिर ट्याक्सीबाट बरामद भएपछि विभागले यसबारे बुझ्न छानबिन समिति बनाएको हो।

जसअनुसार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरिएको छ । त्यस्तै सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत र नायब सुब्बालाई निलम्बन गरिएको छ ।

भन्सार अधिकृत सन्तोष चन्द निलम्बित भए पनि नासुको नाम विभागले सार्वजनिक गरेको छैन। उनीहरू सुनको भन्सार पासमा संलग्न रहेको फेला परेपछि निलम्बन गरिएको जनाइएको छ ।

विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार एक किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।