काठमाण्डु- सरकारले पाँच जना सचिवको सरुवा र भर्खरै बढुवा भएका दुई सचिवको पदस्थापन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सचिवको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो । मन्त्रीपरिषद्को निर्णयअनुसार सचिवको सरुवा तथा पदस्थापन गरिएको हो ।
जसअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ । यता गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् ।
खेलकुद मन्त्रालयका सूर्य गौतमलाइर् निर्वाचन आयोगमा सरुवा गरिएको छ। निर्वाचन आयोगमा रहेका गोकर्णमणि दुवाडी भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा पठाइएको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयका सचिव तोयम राया प्रधानमन्त्री कार्यालय अन्तर्गतको तथ्यांक कार्यालयमा सरुवा भएका छन् ।
रामप्रसाद थपलियाले अवकाश पाएपछि तथ्यांक कार्यालयमा सचिव पद रिक्त थियो । कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपी खनाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् । त्यस्ते केही दिनअघि बढुवा भएका सचिव घनश्याम उपाध्यायलाई बाग्मती प्रदेश र लक्ष्मी बस्नेतलाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।




प्रतिक्रिया