रोल्पामा चट्याङबाट १ को मृत्यु

रोल्पामा चट्याङबाट १ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा –  बिहीबारराति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।