काठमाण्डु – ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसहित तीन जनालाई छाड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इललासमा सुनुवाइ हुँदै आएको तीन वटा बन्दीप्रत्यक्षीकरणको रिटलाई खारेज गर्दै सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको हो। पक्राउ परेका सञ्चार, सूचना तथा प्रविधिमन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई भने सर्वोच्चले छाड्न आदेश दिएको छ।
सर्वोच्चले उनीहरुको रिट खारेज गरिदिएसँगै प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरी थुनछेक आदेश जारी नभएसम्मका लागि उनीहरुले हिरासतमै बस्नुपर्ने भएको छ।




प्रतिक्रिया