प्रहरीको सुरक्षाबीच बन्चरेडाँडा लगियो फोहाेर

प्रहरीको सुरक्षाबीच बन्चरेडाँडा लगियो फोहाेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही दिनदेखि अवरुद्ध काठमाडौंको फोहोर बन्चरे डाडाँ लगिएको छ। साउन १ देखि स्थानीयको अवरोधका कारण बन्चरे डाडाँ लैजान रोकिएको फोहोर प्रहरीको सहयोगमा लगिएको हो। फोहोर लैजादै गर्दा स्थानीयले अवरोध भने कायमै राखेका थिए।

यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर बञ्चरेडाँडामा विसर्जन हुन सकेको छैन। काठमाडौंका मैतीदेवी, रातोपुल, न्यूरोडलगायत क्षेत्रमा फोहोर थुप्रिएको छ।