ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

ललितानिवासको जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीले जनाएकाे छ। योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । सीआईबीले सरकारी जग्गा व्यक्तिको कायम गर्दा सरकारी दस्तखत तथा कागजात कीर्ते प्रकरणमा अनुसन्धान गर्न ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको छ।